भारतीय क्रिकेटर विराट कोहली ३४ वर्षको जन्मदिन मनाउँदै
नयाँ दिल्ली | कात्तिक १९, २०७९
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली आज ३४ वर्षका भएका छन् । उनको जन्म ५ नोभेम्बर १९८८ मा दिल्लीमा भएको थियो ।
विराटको जन्मदिनमा उनकी पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्माले उनलाई विशेष तरिकाले शुभकामना दिएकी छन् । अनुष्काले सामाजिक सञ्जालमा आफ्ना मायालु श्रीमानका केही तस्विर शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
अनुष्काले आफ्नो आधिकारिक इन्स्टाग्राममा विराट कोहलीको गुफी तस्बिरहरूको श्रृंखला पोस्ट गरेकी छिन्। यी तस्बिरमा विराट कोहलीको अनुहारको भाव हेर्न लायक छ । तस्बिर पोस्ट गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘तपाईको जन्मदिन हो मेरो माया त्यसैले यो पोस्टको लागि मैले तपाईको उत्कृष्ट पोजका तस्विरहरू रोजेकी छु । हरेक अवस्था, रूप र बाटोमा माया गर्छु।
३४ वर्षीय विराट कोहली हालै पाकिस्तानसँगको खेलपछि लगातार चर्चामा छन् । टी–२० विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा उनले आफ्नो शानदार इनिङ्सको बलमा भारतलाई जित दिलाएका थिए ।
विश्वकपमा उनको प्रदर्शनको निकै तारिफ भइरहेको छ ।
बंगलादेशविरुद्धको खेलमा विराट पुरुष टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका क्रिकेटर महेला जयवर्धनेले १०१६ रन बनाएका थिए भने कोहलीले १०६५ रन बनाएका छन्। एजेन्सी।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

